असार ३०, गुल्मी ।
गुल्मीमा करेन्ट लागेर मंगलबार एकजना वृद्धाको मृत्यु भएको छ ।
मदाने गाउँपालिका–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्कीको करेन्टलागेरमृत्यु भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिए ।



गोठमा बत्तीका लागि बिजुलीको तार जडान गरिएको र उक्त तार मुसाले काटेका कारण सो भाग छुन पुग्दा करेन्ट लागेको चुँदालीले जानकारी दिए ।
मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको उनले बताए ।









