साउन १,काठमाडौं ।
बेलायती सार्वजनिक प्रसारण सेवा बीबीसीले प्रसारण क्षमता सीमित गर्ने भएको छ। खर्च कटौतीका लागि यसो गर्न लागिएको र अब समग्रमा आफूसँग थोरै पत्रकारहरुमात्र रहने बीबीसीले जनाएको छ।
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन प्रमुख फ्रन अन्स्वोर्थले अब बीबीबी थोरै समाचारहरुमा केन्द्रित हुने र पत्रकारलाई विशिष्ठिकृत भन्दा पनि केन्द्रीय टीममा राखिने बताएका छन्। बीबीसी न्युज च्यानल र बीबीसी वर्ल्डले बिहान र बेलुकीका केही ुआउटपुटु कायमै राख्ने जनाएको छ। तर रेडियो फोर कार्यक्रम पनि बन्द गर्नेछ।



बीबीसी न्युज च्यानलमा आउने गरेको बिजनेस न्युज बुलेटिनु पनि हटाउनेछ। बीबीसी वर्ल्ड सर्भिसले पनि वर्ल्ड अपडेट, र द वर्ल्ड दिस विक, लगायतका कार्यक्रम नचलाउने भएको छ। यस्तै दैनिक समसामयिक विषयको शो न्युजडेको अवधि पनि घटाउनेछ। साथै विद्युतीय सञ्जालमा रहेका अन्य खाताहरू हटाएर मूख्य सञ्जालमा ध्यान केन्द्रित गर्ने जनाइएको छ।
कोरोना भाइरस महामारीका कारण यस वर्ष बीबीसीले १२५ मिलियन पाउन्ड बचाउन जरुरी रहेको र संगठनमा कामको पुनर्मूल्यांकनका लागि सोच्न आवश्यक रहेको अन्स्वोर्थले बताएका छन्। थोरै, तर अधिक लक्षित र प्रभाव राख्ने समाचार आवश्यक भएको र सबै दर्शकका लागि सेवा जारी राख्नका लागि यो कदम चाल्नुपर्ने अवस्था आएको उनले कारण देखाएका छन्।
कार्यक्रम र समाचार सेवा कटौतीको निर्णय गरेलगत्तै सयभन्दा बढी सांसदहरुले बीबीबीलाई यसो गर्दा संस्थाको क्षमतामा गम्भिर असर पर्ने बताएका छन्। बीबीसीको कर्मचारी कटौतीले पर्दामा भन्दापनि त्यसपछाडि धेरै परिवर्तन हुने भनिएको छ। एजेन्सी









