काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना काेराेना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ४, सुनसरीका ४, उदयपुरका १, इलामका ६, मोरङका ३, ओखलढुङ्गाका १५, धनुषाका २६, पर्साका २, बाराका १, रौतहटका १२ र धनुषाका १ जनामा कोरोना देखिएकाे छ।



यसका साथै काठमाडौँका १, नवलपरासीका १७, मकवानपुरका ३, बाग्लुङका २,स्याङ्जाका १, रुपन्देहीका १, प्यूठानका १, बाँकेका ८, सुर्खेतका ३, वर्दियाका १, दाङका १, दैलेखका ६, रुकुमका १, सल्यानका २, जाजरकोटका २, मुगुका १, डढेल्धुराका ८, अछामका ४, कैलालीका १४, कञ्चनपुरका १४ र बझाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २ सय ४९ पुगेको छ।
देशभरका क्वारेन्टिनमा २३ हजार ५०० जना रहेको र ६ हजार ५६ जना काेराेना संक्रमित विभिन्न अस्पतालहरुमा आइसाेलेसनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ।








