काठमाडौं ।
चीनले दक्षिण पश्चिम सहर चेङ्दुङसिथत अमेरिकी वाणिज्य दूतावासको कार्यालय वन्द गर्न आदेश दिएको छ ।अमेरिकाले हयूस्टनस्तिथ चनियाँ वाणिज्य दूतावास वन्द गर्न केहि दिन अघि दिएको आदेशको प्रतिशोधस्वरुप चीनले यस्तो कदल चालेको हो ।
चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा संयुक्त राज्य अमेरिकाले अनुचित ढंगले कदम चालेपछि दूतावास वन्द गर्न वाध्य भएको उल्लेख गरेको छ ।विज्ञप्तीमा वर्तमान परिस्थिती निम्त्याउनमा संयुक्त राज्य अमेरिकानै मुख्य जिम्मेवार भएको आरोप लगाइएको छ ।



पछिल्लो समय चीन र अमेरिकावीच विभिन्न विषयमा तनावको स्थिती पैदा हुँदै आइरहेको छ ।अमेरिकाले हयुस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको कार्यालय ७२ घण्टाभित्र वन्द गर्न आदेश दिएपछि दुवै देशवीच कुटनीतिक विवाद उत्पन्न भएको छ ।
अमेरिकाले दुतावास मार्फत बौद्धिक सम्पत्तिको चारीका कार्य भइरहेको आरोप लगाएको थियो । (एजेन्सी)









