काठमाडाैं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। ३ हजार ३ सय जनाको पीसीआर परीक्षण गर्दा १३० जनामा कोरोना देखिएको हाे। यससँगै काेराेना संक्रमितकाे कुल संख्या १८ हजार ६ सय १३ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, इलामका ८, सिरहाका १, सुनसरीका २, उदयपुरका १, तेह्रथुमका १, मोरङका २६, धनुषाका १, महोत्तरीका २ र पर्साका ४ जनामा कोरोना पुष्टि भएकाे छ।



यस्तै दाङका १, नुवाकोटका १, सोलुखुम्बुका २, काठमाडौँका ८, नवलपरासीका २, रौतहटका १, मकवानपुरका १, बाराका १, कास्कीका ३, गोर्खाका २, रुपन्देहीका १, अर्घाखाँचीका १, बाँकेका २, वर्दियाका ६, जुम्लाका १, रोल्पाका ३, दैलेखका २५, सुर्खेतका ३, अछामका १४, बाजुराका ३ तथा कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे बताए। यससँगै हालसम्म १३ हजार १ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
प्रवक्ता डा. गाैतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ८६, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७३, बागमती प्रदेशमा ४ सय ४४ र गण्डकी प्रदेशमा २ सय ९४ जना आइसोलेसनमा उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५८, कर्णाली प्रदेशमा ३ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना संक्रमित उपचाररत रहेका छन्।








