
साउन १४, काठमाडौं।
पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ।
गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ। सञ्जय हमालले एरेन्ज गरेको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गरेका छन्।



डान्सिङ विधाको गीत युवायुवतीको मायाप्रेममा आधारित छ। गायिका बराल, रचनाकार क्षितिज समर्पण र सङ्गीतकार शाही पत्रकारिता क्षेत्रमा सक्रिय छिन्। बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीतमा स्वर दिएकी थिइन्।
हेर्नुहोस् भिडियो :









