साउन १४, दाङ ।
दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोरीको मृत्यु भएको छ। वडा नम्बर ५ साकिनेमा घरमाथिबाट मंगलबार राति पहिरो आउँदा २४ वर्षीय बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वली जानकारी दिए।
पहिरोले घरको आधा भाग भत्किएको अध्यक्ष वलीले बताए। घरमा पाँचजना बस्ने भए पनि आमा छोरी सुतेको कोठा मात्र पहिरोले भत्काएको छ।



घरबाट खसेर बालकको मृत्यु
तुलसीपुर उपमहानगरपालिकामा घरबाट खसेर एक बालाको मृत्यु भएको छ। घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका रथिक मियाँका तीन वर्षीय छोरा रियाजको राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
रथिक तुलसीपुर–५ ‘ख’ लाइनमा भाडामा बस्दै आएका थिए। मंगलबार साँझ खेल्ने क्रममा तीन तलामाथिबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मंगलबार राति ९ बजे मृत्यु भएको राप्ती प्रादेशकि अस्पतालका सूचना अधकिारी डिल्ली केसीले जानकारी दिए।









