काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने १५ हजार २६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्।
यस्तै कोरोना भाइरसबाट अहिलेसम्म ५८ जनाको मृत्यु भइसकेको छ।यस्तै मंगलबार मात्रै थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ६५ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्।



स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, मोरङका २२, सुनसरीका १२, धनुषाका १३, इलामका २, सिराहाका २, सप्तरीका ७, महोत्तरीका १५, सर्लाहीका १ जना रहेका छन्।
यस्तै ललितपुरका १, बझाङका १, भक्तपुरका १३, काठमाडौँका ४८, सर्लाहीका २५, बाराका ७, पर्साका १, रौतहटका ६, धनुषाका १, मोरङका १, नुवाकोटका २, स्याङजाका १ जना रहेका छन् भने तनहुँका १, रुकुमका १, चितवनका १, कास्कीका २, लमजुङका १, पर्वतका १, स्याङजाका ३, गुल्मीका ५, रुपन्देहीका ७, बाँकेका ११, सल्यानका ३, कपिलवस्तुका २, रुपन्देहीका २, अछामका ११ तथा कैलालीका २२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै प्रदेश-१मा ३३४ जना कोरोना संक्रमित भएका छन् भने ८४५ जना निको भएर घर फर्किएका छन्। साथै २ जनाको मृत्यु भइसकेको छ।
यस्तै प्रदेश-२मा २ हजार ४ सय २७ जना कोरोना संक्रमित भएका भने ३ हजार १८४ जना कोरोना संक्रमणमुक्त भएका छन्। साथै २० जनाको मृत्यु भइसकेको छ।
यस्तै बागमती प्रदेशमा ७१६ जना कोरोना संक्रमित छन् भने ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
यस्तै गण्डकी प्रदेशमा २ सय ६३ जनामा कोरोना संक्रमण, १ हजार ३ सय ४८ जना संक्रमणमुक्त र ५ जनाको मृत्यु भएको छ।
यस्तै प्रदेश-५मा २ सय ३५ जना कोरोना संक्रमण, ४ हजार ७० जना डिस्चार्ज र १० जनाको मृत्यु भइसकेको छ भने कर्णाली प्रदेशमा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ५ सय ३० जना संक्रमणमुक्त भएका छन्। साथै ४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।
यस्तै सुदूर पश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार २ सय ५६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। साथै ७ जनाको कोरोनाका कारण ज्यान गएको छ।








