बुटवल ।
नेपाली कांग्रेस प्रदेश ५ को प्रदेश सभाको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन हुनुभएको छ ।
आज बुटवलमा बसेको पार्टी संसदीय दलको वैठकले सर्वसम्मत रुपमा कपिलवस्तु ३ ख बाट निर्वाचत कनौडियालाई प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन गरेको हो ।



कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गर्नुभएको थियो ।
संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ८ गते क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बन्नुभएको थियो ।दलको नेता चयन भएपछि कनौडियाले अब प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न भूमिका खेल्ने प्रतिक्रिया दिंनुभयो।
सो अवसरमा नेपाली कांग्रेसका नेता राजेश आचार्य, रामकृष्ण खांण, सुरेश शर्मा लगायतको समेत उपस्थिति रहेको थियो ।









