बुटवल ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियारको पक्राउ परेका छन् । गुट्का व्यापारीसंग घुस लिँदैगर्दा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्का व्यापारी अनिलकुमार झासंग घुस वापत २ लाख रुपैंया लिँदै गर्दा अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोकबाट पक्राउ गरेको हो ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राना सहित घुस दिने गुट्का व्यापारी अनिलकुमार झालाई पनि पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा घुस लिने र दिने दुबैलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान सुरु गरिएको पनि उहाँले बताउनु भयो ।









