
प्युठान ।
प्यूठान नगरपालिकाको वडा नम्बर– ७ र ८ मा आज सिल गरिएको छ ।पालिकामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिएको भन्दै प्यूठानको प्रमुख व्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना लगायतका क्षेत्रलाई पूर्ण रुपमा सिल गरिएको हो ।
हिजो बसेको नगर स्तरीय बैठकले आजदेखि २५ गतेसम्मका लागी सिल गर्ने निर्णय गरेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो ।



अत्यावश्यक काम बाहेक यातायात, पसल, उद्योग लगायतका सबै सेवा क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ ।
हिजो ट्राभल हिस्ट्री नभएकी २२ बर्षिया युवतीमा कोरोना संक्रमण पुष्टी भएपछि प्यूठानमा पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो ।उनी होटल व्यवसायी भएकोले उनको सम्र्पकमा आएका छिमेकी तथा परिवारका सदस्यको स्वाब संकलन गरीएको छ ।
प्यूठान नगरपालिकामा हालसम्म ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ५ जना आइसोलेसनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।









