साउन २३,काठमाडौं ।
कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन् ।सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले कोरोनाको बढ्दो सक्रमणका कारण केही दिन अत्यावश्यक बाहेकका सेवा अझै स्थगन हुने जानकारी दिनुभयो ।
बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई, रिट निवेदनको दर्ता र सुनुवाई तथा अन्तरिम आदेश छलफल, पुनरावेदन निवेदन दर्ता, थुनुवा रहेका मुद्दा, निवेदनको सुनुवाई, मिलापत्र (मुद्दा फिर्ता, पुनरावलोकनको मुद्दा सुनुवाईलगायतको कामकारवाहीलाई प्राथमिकीकरण गरी सुनुवाई गरिने ढकालले बताउनुभयो ।



यी कार्य गर्दा पनि कोरोनाबाट जोगिन आवश्यक थप सतर्कता अपनाइने जनाइएको छ ।सरकारले लकडाउनको घोषणा गरेपछि अदालतको कामकारवाही समेत प्रभावित हुँदै आएको छ ।
भदौं १ बाट नियमित काममा फर्किने तयारीमा अदालत रहेका बेला कोरोना संक्रमण थप बढ्न थालेपछि अदालतका कामहरु थप प्रभावित हुने भएका हुन् ।








