बुटवल ।
प्रदेश ५ मा शनिबार थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ४ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा बाँकेको भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेश ५ का थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश ५ मा सबैभन्दा धेरै बाँके जिल्लाका ४९ जना,बर्दीया जिल्लाका १ जना गरी जम्मा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
प्रदेश ५ का ४ हजार १ सय ७९ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने हाल ३ सय ९० जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको प्रदेश सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए । प्रदेश ५ मा हाल १ हजार ५ सय ५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कूल संक्रमित मध्ये प्रदेश ५ का ९३ प्रतिसत कोरोना भाइरस संक्रमित उपचापछि निको भएर घर फर्कीएको र अब २ सय ९४ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।









