साउन २५,बुटवल ।
बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि नरैनापुर र बैजनाथमा एक/एक जनाको मृत्यु भएको थियो।



बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक ठूलो संख्यामा बढिरहेको छ। आजमात्रै ३० जना प्रहरीसहित ४८ जना थपिएका थिए। शनिबार २०, शुक्रबार ४९, बिहीबार २८ जना थपिएका थिए।
दैनिक ठूलो संख्यामा कोरोना थपिँदै गएपछि स्थानीय प्रशासनले गत शनिबारदेखि जारी रहेको निषेधाज्ञालाई बढाएको मात्रै छैन, नेपालगञ्ज बजार एरियालाई सील गरेर सेना परिचालन गरेको छ।









