काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ। यस्तै मृत्यु हुनेको संख्या ८३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमका १, सिन्धुपाल्चोकका १, सुनसरीका १, सुर्खेतका ५, रुपन्देहीका ३३ र दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै दैलेखका ३, सल्यानका २, रोल्पाका १, बागलुङका २, तनहुँका २, नवलपरासीका २, प्युठानका १७, अछामका १, अर्घाखाँचीका १, बाँकेका २९, धादिङका ११, दोलखाका १, इलामका १, जाजरकोटका १, कालिकोटका १, ओखलढुङ्गाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, धनकुटाका १, झापाका १० र मोरङका ४२ जनामा कोरोना संक्रमण देखिएको छ।
यसैगरि सुनसरीका ३२, उदयपुरका १६, धनुषाका २३, महोत्तरीका १२, सप्तरीका १३, पर्साका ७०, गोर्खाका १, नुवाकोटका ३, दाङका १, चितवनका ३, काभ्रेका ४, मकवानपुरका १, बर्दियाका १, दार्चुलाका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म एक सय ८३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
हाल ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा एक सय ७१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।अहिले ११ हजार ५८ जना क्वारेन्टिनमा र ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन् ।








