काठमाडौं ।
सरकारले भदौ ३१ गतेसम्म नेपाल प्रवेशको सबै नाका र यात्रुहरुको प्रवेश सबै नाका स्थगित गर्ने निर्णय गरेको छ।
सरकारका अर्थमन्त्री एवं सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन।



यसका साथै सरकारले तोकेको १० वटा सीमानाकाबाट मात्र नेपाल प्रवेश पाउने गरी निर्णय गरेको उनले बताए। उनका अनुसार स्काथल झापाको करभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका बाट मात्र आउन पाउने छन्।
यसका साथै त्यसबाहेकका नाकाबाट नेपाल प्रवेश गरे कानुनी कारबाही गरिने उनले बताए।








