बुटवल ।
रुपन्देहीको मणिग्राममा लु ५३ प २८७६ नंको स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
नयाँमिलबाट भित्रि सडक हुदै मणिग्राम तर्फ जाँदै गर्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा तिलोत्तमा नगरपालिका वडा नं ११ का ५४ बर्षिय नारायण प्रसाद बस्यालको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।



स्कुटर दुर्घटनामा परी घाईते भएका बस्यालका उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।









