बुटवल ।
कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा २ जनाको मृत्यु भएको छ। कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको हो ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो । गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।



कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
२५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने डा. थापाले बताए ।
एक जनामा कोरोना पोजिटिभ थियो भने एक जनाको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हाल सम्म रिपोर्ट आएको छैन। उनीहरुमध्ये एकजना तौलिहवाका हुन् भने अर्का कृष्णनगरका हुन्।









