सैनामैना ।
रुपन्देही जिल्ला सैनामैनामा घर निर्माण गर्ने क्रममा खसेर एक कामदारको मृत्यु भएको छ ।सैनामैना नगरपालिका–१ बनकट्टामा सन्तोष थापाको घर निर्माण गर्ने क्रममा बुधबार दिउँसो खसेर एक जनाको मृत्यु भएको हो ।
देवदह नगरपालिका–६ का ३५ वर्षका प्रकाश थापाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।



दोस्रो तलाबाट खसी गम्भीर घाइते भएका थापाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।









