काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ भने ९५ जनाको निधन भएको छ। यस्तै कोरोना भाइरसबाट संक्रमणबाट १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ भने १०९ जना डिस्चार्ज भएका छन्।



स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका , ललितपुरका , भक्तपुरका , धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, इलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१, बाराका १, नुवाकोटका १, सर्लाहीका २६,
यस्तै चितवनका ११, मकवानपुरका २८, रामेछापका १, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका २, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, वर्दियाका ३, पाल्पाका १, बैतडीका १ तथा डोटीका १ जना संक्रमित थपिएका हुन्।
यस्तै प्रदेश-१ मा ७ सय २५ कोरोना संक्रमित, १ हजार ४८ जना कोरोना संक्रमणमुक्त र ७ जनाको निधन भएको छ भने प्रदेश-२मा ३ हजार ४ सय ५७ जना कोरोना संक्रमित, ३ हजार ४ सय ४९ जना निको भएर घर फर्किएका छन् भने ४१ जनाको कोरोनाकै कारण ज्यान गएको छ।
यस्तै बागमती प्रदेशमा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय २७ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन्। साथै १७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
यस्तै गण्डकी प्रदेशमा २ सय ४२ जानमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ९९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। साथै ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
यस्तै प्रदेश ५ मा ६ सय ८० जना कोरोना संक्रमित, ४ हजार २ सय २४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् भने १२ जनाको कोरोनाकै कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै कर्णाली प्रदेशमा २ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ९ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै ४ जनाको कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा ८ सय ७० जनामा कोरोना संक्रमति, ४ हजार ८३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाकै कारण ज्यान गएको छ।








