साउन ३२,काठमाडौं ।
आज (आइतबार) मध्याह्नपछि देशभर सामान्यदेखि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा हाल दक्षिणतर्फ छ।
यसकारण मनसुनी गतिविधि निष्क्रियजस्तो देखिएपनि बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



महाशाखाका आइतबार राती देशभर सामान्यतया: बदली रहने र केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार दिउँसो पनि मौसमको अवस्था यस्तै रहनेछ।
तर राती धेरै स्थानहरुमा प्रदेश ३ ,गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।








