काठमाडौं ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने मृत्यु हुनेको संख्या १०५ पुगेको छ।
यस्तै कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ३३५ पुगेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण निको भएर थप १३४ जना संक्रमित डिस्चार्ज भएका छन् भने आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १२६, ललितपुरका ३८, भक्तपुरका ८, चितवनका २७, मोरङका १००, बाँकेका १०, बर्दियाका ३, दाङका ४, पर्साका ६४, सप्तरीका ११, सिरहाका ३, नुवाकोटका १, सिन्धुलीका १, जुम्लाका १, रुकुमका १, इलामका १, सुनसरीका १, कपिलवस्तुका २, नवलपरासीका १०, सर्लाहीका १, बाराका ६९ र रौतहटका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै रुपन्देहीका ५८, कास्कीका ११, तनहुँका ५, मकवानपुरका १, सुनसरीका १, धनुषाका ३७, महोत्तरीका ८, रौतहटका १, बाग्लुङका १, पर्वतका १, रोल्पाका २, कञ्चनपुरका ५, झापाका १, सर्लाहीका १, कैलालीका ३, लमजुङका १ र ताप्लेजुङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ।
यस्तै प्रदेश नम्बर १ मा ८३ हजार ८ सय ६९, बागमती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८० जना रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइलोसेलनमा उपचाररत रहेका छन्।
यस्तै प्रदेश नम्बर १ मा ९३ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना होम आइलोसेलनमा रहेका छन। यस्तै कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइलोसेनमा रहेका छन्।








