सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा भदौ १ गतेदेखि ७ गते सम्मका लागि पुर्ण रुपमा लकडाउन हुने भएको छ ।
समुदाय स्तरमा पनि कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सैनामैना क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।



नगरस्तरिय कोरोना विशेष विपत व्यवस्थापन समितिको बठकले निर्णय गरेअनुसार भदौ १ गते राति १२ बजेदेखि ७ गते राति १२ बजे सम्म पुर्ण रुपमा सैनामैना क्षेत्रलाई लडाउन गरिने छ ।
सालझन्डीमा रहेको ग्लोबल आई.एम.ई.बैंङकका एक कर्मचारीमा कोरोना देखिएपछि समुदाय स्तरमा कोरोनाले भयावह रुप लिन नसकोस भन्ने उद्धश्यका साथ सैनामैनामा थप कडाईका साथमा लकडाउनको निर्णय गरिएको हो ।
लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने छन् ।









