काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६ सय ४५ पुगेको छ भने १२६ जनाको कोरोना भाइरसकै कारण १२६ जनाको मृत्यु भएको छ।
यस्तै हालसम्म १७ हजार ९ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ।



पछिल्लो २४ घण्टामा देशभर ७०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने काठमाडौँ उपत्यकामा २ सय जनामा कोरोना संक्रमण फैलिएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, झापाका १, तेह्रथुमका ९, धनकुटाका १, मोरङका ९, सुनसरीका १३, धनुषाका ३१, पर्साका ५५, बाराका ८, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका १९, सर्लाहीका ९३, सिरहाका २१, काभ्रेका १, चितवनका १, दोलखाका २, धादिङका २, नुवाकोटका ३, मकवानपुरका २५, सिन्धुपाल्चोकका १, सिन्धुलीका १ र कास्कीका १९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै गोरखाका १, तनहुँका २, नवलपरासीका ३, बागलुङका ८, स्याङ्जाका १, कपिलवस्तुका ३०, गुल्मीका ६, दाङका ८, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका १८, रोल्पाका १, कालिकोटका १, जाजरकोटका १, दैलेखका १९, रुकुमका १, सल्यानका १, सुर्खेतका १, अछामका ३१, कैलालीका १, डडेल्धुराका २, डोटीका १६, दार्चुलाका १, बझाङका १ तथा बैतडीका १ जनामा कोरोना संक्रमण भएको हो।
यस्तै प्रदेश-१ मा १ हजार ४५ जना, प्रदेश २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार ९ सय २३ जना, गण्डकी प्रदेशमा ३ सय १५, प्रदेश ५ मा ८ सय ३७ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना र सूदुरपश्चिम प्रदेशमा ७ सय ५७ जना रहेका छन्।
यस्तै होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या प्रदेश १ मा २ सय ५७ जना, प्रदेश २ मा २ हजार ७ सय ८९ जना, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सूदुरपश्चिम प्रदेशमा २८ गरी जम्मा ३ हजार ७ सय ७२ जना रहेका छन्।








