भदौ ५, बुटवल ।
कोरोना विशेष अस्पताल बुटवलमा शुक्रवार विहान एकजना कोरोनासंक्रमित पुरुषको मृत्यु भएको छ ।
प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको शुक्रवार बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताए ।



भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका ती पुरुषमा ज्वरो, खोकी लगायतका समस्या देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । उनलाई निमोनिया भएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालमा जनाएको छ ।
उनको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको डा. थापाले बताए । यसअघि विहिबार रुपन्देहीको देवदहमा पनि एक पुरुषको कोरोनाकै कारणले मृत्यु भएको थियो ।









