भदौ ५,पाल्पा ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिका–६ खुनधारामा विद्युत सर्ट हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
करेन्ट लागेर छहरा गाउँपालिका ६ खुनधाराकी २७ वर्षकी दिलकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनामा स्थानीय ५२ वर्ष का झमानसिंह पुन करेन्ट लागी घाइते भएका छन् ।



युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गर्दा गर्दे दिल कुमारीको बिहान मृत्यु भएको थियो । झमान सिंहको उपचार भइरहेको छ ।
घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









