भदौ ५,प्यूठान ।
अरिङ्गालको टोकाईबाट प्यूठानमा एक जना बालकको मृत्यु भएको छ ।
बिहीबार बिहान घरनजिकको सिमलको रुखमा रहेको अरिङ्गालले टोकेर झिमरुक गाउँपालिका ६ दहखोलाका १० वर्षीय अरबिन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



अरिङ्गालले टोकेर घाइते भएका गिरीलाई उपचारका लागि प्यूठान अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए ।









