
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको अनुसार मंगलवार समुदाय स्तरका एक सहित चार जनामा कोरोना संक्रमण भएको छ । तिनाउ गाउपालिकाका एक समुदाय स्तरको महिलामा र
रिव्दीकोट गाउँपालिकामा ३ जना कोरोना देखिएको हो । भारतबाट आएर होम क्वारेन्टाइनमा रहेकालाइ समेत कोरोना पोजेटिभ देखिएको हो । अहिले पाल्पामा तीन जना समुदाय स्तर सहित ५ सय ७३ जनामा कोरोना देखिएको छ ।
पाल्पामा ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन् भने एकजनाको मृत्यू भएको छ ।












