काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४, उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ५, मोरङका ४३, सुनसरीका १६, सोलुखुम्बुका २, धनुषाका ४२, पर्साका ४, बाराका १७, महोत्तरीका १७, रौतहटका ४४, सप्तरीका ३, सर्लाहीका ५८, सिरहाका ३, काभ्रेका ५, चितवनका ३७, दोलखाका ३, धादिङका ८, नुवाकोटका १, मकवानपुरका २, रामेछापका १, सिन्धुपाल्चोकका २ र कास्कीका १३ जनामा कोरोना पुष्टि भएको छ।



यस्तै गोरखाका २, तनहुँका ६, नवलपरासीका ४, पर्वतका २, लमजुङका १, बागलुङका १, अर्घाखाँचीका १, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, प्यूठानका ४, बर्दियाका ६, बाँकेका १५, रुपन्देहीका ६९, रोल्पाका ३, कालिकोटका ५, जुम्लाका १, दैलेखका ४, मुगुका १, सल्यानका ४, सुर्खेतका ५, अछामका १९, कञ्चनपुरका १२, कैलालीका १६, डडेल्धुराका २, डोटीका ४५, बझाङका ९ तथा बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु हो।
काठमाडाैँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला गरी तीन जना, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ। १० हजार ४५३ जना क्वारेन्टिनमा छन्।








