बुटवल।
रुपन्देहीको कञ्चन गाउँपालिकामा मंगलबार थप २३ जनामा कोरोेना भाइरस संक्रमण पुष्टि भएको छ ।
कञ्चन गाउँपालिकाले ३२ जनाको स्वाब संकलन गरि परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाए मध्ये आज २३ जनाको रिपोर्ट पोजेटिभ आएको गाउपालिकाले जनाएको छ ।
भारतबाट आएर होम क्वारेन्टिन र गाउँपालिकाको क्वारेनटाईनमा बस्दै आएका र कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरिएकाहरुमध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिए ।



संक्रमित मध्ये ७ जना कन्ट्याक ट्रेसिङका आधारमा,होम क्वारेन्टाईनमा बसेका मध्ये १५ जना र गाउपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख गौतमले बताए ।
यससँगै कञ्चन गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । त्यस मध्ये २४ जना निको भएर घर फर्किएको गौतमले बताए ।मंगलबार पुष्टि भएका संक्रमितको अवस्था सामान्य रहेको गाउपालिकाले जनाएको छ ।









