
कृष्ण परियार , भदौ १७



अर्घाखाँची जिल्लामा भदौ १७ गते सम्म लकडाउन हुने भएको छ । जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज सम्पन्न बैठकले भाद्र ३ गतेदेखि जारी लकडाउन लाई १७ गते राति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमण समुदाय सम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड-१९ को महामारी बाट सुरक्षित राख्न लगडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।
लकडाउनको अबधिमा एम्बुलेन्स, दमकल, शव-बाहन, सुरक्षाकर्मी, ईन्धन, ग्याँस,अत्यावश्यक खाद्य पदार्थ, कृषिजन्य पदार्थ,लपशुजन्य पदार्थ ,स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी रहेका सवारी साधन तथा जिल्ला प्रशासन कार्यालय बाट अनुमानि प्राप्त सवारी साधनहरु बाहेक अरु सबै प्रकारका सवारीसाधन आवत जावत गर्न निषेध गरिएको छ ।
खाद्यान्न पसल,तरकारी तथा फलफूल पसल, माछामासु पसल, दुधडेरी साँझ ३:३० बजे देखि ७ :०० बजे सम्म खुल्ला रहनुका साथै दूध डेरी बिहान ६ बजे देखि ८ बजे सम्म पनि खुल्ला रहने छन् भने अन्य पसल व्यवसाय ,होटल, रेष्टुरेन्ट लगायत सम्पूर्ण व्यवसाय पुर्ण रुपमा बन्द गरिने जनाईएको छ ।
लकडाउनको अबधिमा सरकारी कार्यालय ,बैंक ,बिमा कम्पनी, वित्तीय कारोबार गर्ने सहकारी संस्था खुल्ला रहेपनि अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगरिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो









