बुटवल ।
रुपन्देहीमा आज २५ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ६० पुगेको छ।
संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु परिक्षणको दायरामा आउने र निजी क्षेत्रबाट पनि समुदायका व्यक्तिहरुले जाँच गराउदा संक्रमितहरुको संख्याय दिनदिनै बढिरहेको छ।
रुपन्देहीमा साँझ ५ बजेसम्म रुपन्देहीका ५ पालिकाका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो।



शाहका अनुसार बुटवल उपमहानगरपालिका ६ जना, सिद्धार्थनगरका १६ जना, तिलोत्तमा, देवदह र सियारीका थप १÷१ जनामा संक्रमण देखिएको छ।
आज सबैभन्दा बढी सिद्धार्थनगरमा १६ जना संक्रमित थपिएका छन्। भीम अस्पतालमा गरिएको स्वाब संकलन मध्ये १५ जना र नेशनल प्याथ ल्याबमा गरिएको परिक्षणबाट १ जनामा संक्रमण भएको पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार थपिएका संक्रमितमध्ये १ महिला र २४ जना पुरुष हुन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ७ सय ६० पुगेको छ भने मृतकको संख्या ६ पुगेको छ।









