बुटवल ।
रुपन्देहीको तिलोत्तममा ३ मा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।
बुटवलबाट मणिग्रामतर्फ जांदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर राति मंगलबार सडकमा पल्टिँदा कार्की गम्भीर घाइते भएका थिए । उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।



दुर्घटनाको कारण भने खुल्न सकेको छैनन् ।









