
भदौ १३ सन्धिखर्क,
सन्धिर्खक नगर पालिकाका उप प्रमुख ठाकुर कुमार वि.क आफै विकास निर्माणका कार्यमा खटीनु भएको छ ।उहाँले विगतमा पनि यस्तो सामाजिक काम गर्दै आउनु भएको थियो पछिल्लो समय मा अविरल वर्षातका कारण अबरुद्ध सन्धिखर्क अर्घा जोड्ने मुख्य सडक अर्लिवाङ स्थित मोटरवाटो संचालन को लागि नगर उपप्रमुख ठाकुर कुमार वि।क ले केही दिन अघि मेसिन लिएर आफू पनि त्यो ठाउँ मा संगै जानू भएको थियो.



३ दिन लगाएर आज भदौ १३ गते दिनभर सोहि स्थानमा आफै खटेर बाटो पुर्णरुपमा गाडि हिड्न सक्ने बनेको छ र उक्त ठाउमा पानी ले गर्दा पहिरो गएको कुनै ठाउँ बाटो हिलो भएको कारण ढुंगा बोकेर ढुंगा विछ्याइएको थियो सोहि कार्यमा उपप्रमुख वि।क ले पनि सहयोग गर्नु भएको थियो । उक्त ठाउँमा निकै भयानक पहिरो बगिरहेको हुदा अहिले गाडि आवतजावत गर्न सक्ने मात्र बनाईएको र वर्षात पुु्र्ण रुपमा सकिएपछि फेरी व्यवस्थित तरिकाले पहिरो नियन्त्रण गर्ने गरि काम गर्ने समेत उपप्रमुख वि।क ले बताउनु भएको छ । लगातार ३ दिन देखि निरन्तर को मेहनतले आज बाट गाडी चल्न सक्ने बाटो भएको छ ।









