दिपक भट्टराई
भदौ १४,




अर्घाखाँची जिल्लाको सितगगां नगरपालिका वडा नम्बर ५ थारपाइला मा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। अन्दाजी ३५ वर्षिय स्थानीय यम बहादुर बेल्बासेको सर्पको डसाइ बाट मृत्यु भएको हो ।राति अस्पताल पुर्या उन नसकेको र गाउँघरमै झारफुक गरी उपचारका अस्पताल ल्याउन ढिलाईको कारण मृत्यु भएको हो।
राति सर्पले डसे पछि विषको असर शरीरमा देखिएपछि मात्र बेल्वासेलाइ आज विहान मात्रै उपचारका लागि गोरुसिगेको सर्प दंशमा उपचार केन्द्रमा ल्याइएको थियो ।
विरामी गंम्भिर प्रकृतिको भए पछि अस्पतालले बुटवल रिफर गरेको थियो विषको असर शरीरमा अधिक फैलिए पछि बाटोमै मृत्यु भएको हो








