ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

आजको आवश्यकता बाल मैत्री कार्य

रमा पौडेल,
पाणिनी गाउँ पालिका अर्घाखाँची

नेपालमा गत चैत्र महिनादेखि विद्यालयहरू बन्द छन् बालबालिकाहरू घरमै बस्न बाध्य छन् । बच्चाहरू घरमा रमाएका छन् । ग्रामीण भेगमा पनि मानिसहरूको उपस्थिति बाक्लिएको छ । अघिल्लो वर्षको तुलनामा खेती पाती अधिकतर जमिनमा गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका कारण अहिले विश्व नै सङ्कटमा छ । बन्दाबन्दीको अवस्थामा रहेको छ । यसले बालक, युवा, प्रौढ, वृद्धरवृद्धा, महिला, पुरुष सबैलाई प्रभाव पारेको छ । आर्थिक क्षेत्र नराम्रोसँग थलिएको छ । सम्पूर्ण उद्योग व्यवसाय बन्द प्रायः छन् । । यातायात बन्द छ । आवत जावत बन्द छ ।
स–साना बालबालिका कोखीमा बोकेर कोठीमा बस्न बजार झर्नेहरूको लर्को बन्द प्रायः छ । मानिसहरू आ–आफ्ना आश्रय स्थल जहाँ छन् त्यहीँ बसेको देखिन्छ । काठमाडौँ, बुटवल, नारायणगढ, दाङलगायत देशका सहरी इलाकामा भाडामा बसेर आफ्ना बालबालिका पढाउनेहरूको लर्कोमा कमी आएको छ । भाडामा बस्नेहरू आफ्ना कुम्ला कुटुरा बोकेर गाउँ फर्किसकेको देखिन्छ ।
विश्वको अर्थतन्त्रमा आएको असरसँगै नेपालको अर्थतन्त्रमा पनि यसले प्रभाव पारेको देखिन्छ । रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रमा कोरोना भाइरस कोभिड १९ को कारण विदेशबाट फर्किनेहरू, जान नपाएकाहरूको कारण ठुलै प्रभाव पार्ने आकलन गर्न सकिन्छ । विभिन्न आँकडा अनुसार दैनिक १५०० जनाको हाराहारीमा विदेश जानेहरू चैत्रदेखि बन्द रहेका कारण विदेश जान पाएका छैनन् । रेमिट्यान्सको प्रवाह पनि पूर्ववत् अवस्थामा आउन लामै समय लाग्ने देखिन्छ ।
पाणिनी गाउँपालिकामा गरिएको एक प्रारम्भिक सर्वेक्षणमा यहाँबाट बच्चालाई पढाउन भन्दै सन्धिखर्क, बुटवल, पाल्पा र अन्य जिल्लामा गएकाहरू मध्येबाट अहिले बन्दाबन्दीको कारण ८५ प्रतिशत गाउँ फर्किएका छन् । त्यसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
माथिको विश्लेषणबाट कोभिडले सबैलाई प्रभाव त पारेको छ । त्यसमा पनि महिलाहरूलाई धेरै प्रभाव पारेको देखिन्छ । श्रीमानले रोजीरोटीको जोहो गरिरहेका महिलाहरूलाई विविध कारणले रोजगारी गुम्दा असर परेको छ । आफै काम गरिरहेका कामकाजी महिलाहरूलाई झन् ठुलो असर पारिरहेको छ ।

सर्वोच्च अदालत काठमाडौँमा कार्यरत एक महिला कर्मचारी जसको ढाई वर्षको बच्चा छ। उनले बन्दाबन्दी अगाडी सिंहदरबारमा रहेको शिशु स्याहार केन्द्रमा बच्चा छोडेर कार्यालयको काम गर्दथिन् तर अहिले उनलाई यो बन्दाबन्दीले बच्चा र अफिसलाई समय दिन निकै अप्ठ्यारो परेको छ । आफ्नो स्थायी घर भन्दा बाहिर कोठा भाडामा लिएर बस्नेहरूको र एकल परिवारमा बस्नेहरूको कोठामा बच्चा हेरदेख गर्ने मान्छे छैनन्। श्रीमान् श्रीमती दुवै जना जागिरे छन् । त्यस्तै देव दह नगर पालिकामा काम गर्ने एक जना कर्मचारीको पनि त्यही अवस्था छ । यस्तो अवस्था नेपालमा अहिले प्रहरी, सेना, जुनसुकै सेवामा काम गर्ने महिला कर्मचारीको अवस्था यस्तै छ ।
विद्यालय खुलेको बेलामा दिनभरि बच्चा विद्यालय वा शिशु स्याहार केन्द्रमा बस्दा काम काजी आमाहरूलाई धेरै सजिलो हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । हाम्रा कार्यालयहरू महिला तथा बालबालिका मैत्री छैनन् । कार्यालय परिसरमा टसमस भएर कर्मचारी व्यवस्थापन गरिएको ठाउँमा बालबालिका खेल्ने कोठा, उद्यान आदि हुने त सपनाको कुरा भो ।
कार्यालयमा बच्चाहरू भएका कामकाजी महिला कर्मचारीहरूले आफ्नो कार्य विवरण अनुसार र आफ्नो जिम्मेवारी अनुसारको काम उनीहरूले मिलेको समयमा गर्ने वातावरण छैन । उनीहरूलाई लचिलो समयको व्यवस्था छैन ।
बच्चाहरू स्वभावतः चञ्चल हुन्छन् । एक ठाउँमा स्थिर भएर बस्न सक्दैनन् । उनीहरूलाई भोक, प्यास, निन्द्रा लाग्छ । बच्चालाई कर्मचारीले आफ्नै खर्चमा तातो पानी, तातो खाना अफिसमा खुवाउन मिल्ने वातावरण छैन । बच्चा निदाएमा सुताउने ठाउँ छैन । खेलाउने खेलौना छैनन् । यदि बच्चा अफिसमा ल्याइहालेमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जसरी नि कार्यालयमा बस्नै पर्ने हुन्छ । उनीहरूलाई भुलाउन आमाहरूले युट्युबमा आउने गीतहरूको सहारा लिनु पर्ने हुन्छ । यसले उनीहरूका आँखा कमजोर हुने सम्भावना छ । कमसे कम कार्यालयमा बालबालिका भुलाउने स्थान, खेल्ने ठाउँ, स्मार्ट टेलिभिजन भएको भए उनीहरूलाई भुलाउन निकै सजिलो हुने र यसले कार्यालयको काममा पनि असर नपर्ने देखिन्छ ।
बन्दाबन्दीले सबैलाई असर गरेको परिवेशमा महिलाहरू र बालबालिकाहरू धेरै अप्ठ्यारोमा परेका छन् । महिलाहरूलाई सबै परिवार घरमा फाल्टु बस्दा बेखर्ची हुनुका साथै अन्य धेरै किसिमका तनाव छन् । बाल बालिकाहरू लामो समय विद्यालय नजाँदा पढ्ने बानी नै छुट्यो । घरमा व्यवस्थापन गर्न गाह्रो छ । कामकाजी महिलाहरू त गृह जिम्मेवारीका साथै अफिसियल र बाह्य जिम्मेवारीसमेत बहन गर्नु पर्ने जिम्मेवारी रहेको छ ।
बच्चा हुर्काउनु हरेक आमाको कर्तव्य हो । मानिस वा अन्य प्राणी सबैले आफ्नै प्रकारले बच्चा हुर्काएका हुन्छन् । सगोलको परिवारमा बच्चा हुर्काउन खासै समस्या नहुने रहेछ । तर एकल परिवारमा वा एक्लै १०–५ अफिस जाने आमालाई भने महाभारत । सँगै ल्याऊ अफिसमा काम गर्न दिँदैनन्, खाजा समयमा खान पाउँदैनन्, सुत्न पाउँदैनन्, खेल्न पाउँदैनन् । नल्याऊँ कहाँ छोडेर आउने मन भरी पिर चिन्ताको भारी । तातो दूध निलौँ की ओकलौँ हुने । अझ यो कोभिडको महामारीको बेलामा कार्यालयमा ल्याउँदा बच्चाको चकचके बानीले कता कता छुन्छन् । नल्याऊँ कहाँ छोड्ने रु ज्युँ त्युँ मन्टेस्वरीमा वा स्कुलमा पठाएर अफिस म्यानेज गरेका आमाहरूलाई ती पनि बन्द भएर निकै अप्ठ्यारो परेको छ ।
कामकाजी महिलाहरूलाई आफ्नो कार्यालयको कार्यभार, कार्य बोझ बच्चा म्यानेज गर्न समस्या परिरहेको छ । यस विषयमा महिला भएका कारण कामबाट पनि निकालिनु परेका थुप्रै उदाहरण छन् । महिलाहरू क्षमतावान् छन् । आफूलाई दिएको कार्य विवरण अनुसारको काम सममयमा सम्पन्न गरेका छन्। कोरोना महामारीको समयमा साना बच्चा कम्तीमा ५ वर्षसम्मका हुने आमाहरूलाई लचिलो समयको व्यवस्थापन सबै कार्यालयहरूले गरिदिए कार्यमा चुस्तता आउने थियो । स्वस्थ्य वातावरणमा हुर्किन पाउने बाल अधिकारको संरक्षण हुने थियो । कार्यालयहरूमा प्रत्यक्ष जनसम्पर्कका काम कम भइरहेका छन् । अन्य अनलाइन गर्न मिल्ने काम घरैबाट पनि गर्न मिल्छ । त्यसको लागि घरैबाट काम गर्ने आदेश पनि जारी गर्न सकिन्छ ।
कुम्लो कुटुरो बोकेर बाहिर गएर हालै गाउँमा आएकाहरूलाई त्यहीँ अड्याउन सके । बाझिएका जमिन जोत्न र चुहिने घर पोत्न सके नेपाल समृद्ध हुनेछ । सङ्घ प्रदेशदेखि स्थानीय तहसम्म हरेक कार्यालय बाल मैत्री र महिला मैत्री हुनु आवश्यक देखिन्छ । कार्य वातावरण महिला मैत्री हुनु आवश्यक छ । महिलाहरू हुन वा पुरुषहरू सबैलाई बन्दाबन्दीले, आर्थिक मन्दीले असर पारेको छ । कोभिड १९ले सबैलाई गलाएको छ । धेरैलाई थलाएको छ । यसबाट बाहिर निस्किन आत्म विश्वासको साथ काम गर्नु पर्ने आजको आवश्यकता हो ।
नेपाललाई समृद्धिको मार्गमा लैजानको लागि अहिले यो महामारीका अवसरहरूलाई समाएर देशका युवा शक्तिलाई यहीँको माटो जोताइ घर पोताइ अगाडी बढ्नु आवश्यक देखिन्छ । समन्याय मूलक समाज न्यायपूर्ण कार्यस्थल, बाल मैत्री कार्य वातावरण आजको आवश्यकता हो ।

सम्बन्धित खवर