बुटवल ।
बुटवल उपमहानगरमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
आज थपिएका संक्रमितहरु मध्ये वडा नं ४ का २ जना, वडा नं ५, ६, १३ र १९ का एक एक जना, वडा नं ८ का ८ जना, वडा नं ११ मा ३ जना रहेका छन् । यो सँगै उपमहानगरमा कोरोना संक्रमितको कुल संख्या ३०२ पुगेको छ ।



बुटवल उपमहानगरपालिका,जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलमा २२१ जना सक्रिय संक्रमित रहेका छन् भने ८१ जना उपचारपछि निको भएका छन् ।









