भदौ १५ , बुटवल ।
रुपन्देहीमा एक किशोरको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.५ का १७ वर्षका सदाव आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।



घर नजिकैको पानीको पोखरीमा नुहाउने क्रममा डुबेका आलमलाई छिमेकीले देखेर उद्धार गरी उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।









