
एजेन्सी – भनिन्छ पुरष ले महिलालाई आफ्नो अधिंन मा लिन्छन् तर यहा ठिक उल्टो भएको छ भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो।
भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमिकासँग बस्नेछन्। हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्।
राजेश कुमार नाम गरेका पुरुषकी प्रेमिकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिइन्। जसपश्चात प्रहरी पनि तनावमा पर्यो। राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सहमति भयो।












