
दिपक भट्टराई,



बिगत लामो समय देखि नेपालबाट भारत र भारत देखि नेपाल सम्म दैनिक नेपाली तथा इन्डियन गाडी संचालन गर्दै आएका दिल्ली मा रहेका नेपाली ट्राभले एकता गरि संयुत रुपमा भारत नेपाल र नेपाल भारतका लागि यातायात को सुविधा दिने भएका छन् । नेपाली हरु आफ्नो जिबन यापन को लागी भारत मा काम गर्ने धेरै छन् यही नेपाली दाजु भाई दिदि बहिनी हरुलाई आफ्नो घर आउन जान सजिलो होस् भनेर इंडिया मा पनि थुप्रै नेपाली यातायत कम्पनी संचालन मा छन् यही कम्पनि संचालक सबै नेपाली नै हुन् पछिल्लो समयमा भारततिय भूमिमा यस्ता कम्पनी संचालन मा आएपछि इण्डिया मा काम गरि घर आउने जाने लाई निकै सजिलो भएको छ तेस्तै गरि दिल्ली मा चलेका ५ ट्राभल्सहरु सुपा देउराली,श्रदा , शुभ सहयात्रा, स्वर्गद्वारी लालिगुराँस र नमस्ते कपिलवस्तु को संयुक्तरूपमा एउटै ट्रावल्स को एकीकृत भएर नया समिति बनेको छ नया समिति को नाम संचालक समिति को छलफल बाट राखिने जीवन रसाइली ले जानकारी दिनु भयो । उक्त समितिले दिल्ली बाट नेपाल को सिमाना कृष्ण नगर र सुनौली लगायत अन्य सिमाना का लागि अहिले भारु रु। १७००र( भाडा तय गरेको छ भने लकडाउनपछी भाडादरमा अझ सहुलियत दिइने जानकारी जीवन रसाइली र राज शर्माले गराएका छन । समिति का नेपाल मा कार्यालय बुटवल ,कृष्ण नगर ,अर्घाखाँची,गुल्मी पाल्पा लगाएत आन्य ठाउँ पनि राखिने समिति ले जनाएको छ









