भदौ १६,बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा मंगलबार रुपन्देहीमा हाल सम्मकै बढी थप ७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ४३ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित हुनेमा बुटवल उपमहानगरपालीकाका ३१, तिलोत्तमा नगरपालिकाका २०, सिद्धार्थनगर नगरपालिकाका ५, देवदह नगरपालिकाका १, रोहिणी गाउँपालिकाका १५ र सियारी गाउँपालिकाका १ जना रहेका छन् ।



सोमबार राती लुम्बिनी प्रादेशिक अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा समावेश भएको संख्या समेत यसमा जोडिएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ७४ पुगेको छ भने मृतकको संख्या १० पुगेको छ। जिल्लामा ४३५ जना निको भएर फर्किसकेका छन भने ६२९ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।









