
२०७७ भाद्र १७,



अर्घाखाँची
सर्पले डसेर अर्घाखाँची मा १ जना को मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका–९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले डसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले डसेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो ।
यसअघि यही भदौ १४ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो ।यस्ता घटना दिन प्रती बढदै जादा अर्घाखाँची जिल्ला यो समय मा सर्पको जोखिम मा रहेको जानकार हरु को भनाइ छ ।









