
दिपक भट्टराई , भदौ १८



पाल्पामा जिल्लामा थप १ जनामा पुरुषमा कोरोना पुष्टि भएको छ । रम्भा गाउँपालिका ३ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनको बावुलाई केही दिनअघि कोरोना देखिएको थियो । उनीपनि बावुको उपचारका लागि आफ्ना बावुसँगै चितवन गएका थिए । लुम्बिनी मेडिकल कलेज प्रभावमा गरिएको स्वाब परीक्षणका क्रममा उनका बावुमा कोरोना पुष्टि भएपछि छोराको पनि स्वाब संकलन गरि पठाइएको थियो । त्यस संगै पाल्पामा समुदाय स्तरका ६ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८३ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा आह्वान गरेको छ । पहिलो चरणमा १२ गते शुक्रबार रातिसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म कायम गरिएको छ।यसरी समुदाय स्तरमा कोरोना सङक्रमण बढदै गएपछि पाल्पा मा निषेधाज्ञा को समय प्रशासनले के गर्छ भनेर भन्न नसकिने अवस्था रहेको छ ।









