भदौ २०,बुटवल ।
बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीकोबुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको अस्पालका फोकल पर्सन डा. सुर्दशन थापाले रातोपाटीलाई बताए ।



नवलपरासीकी महिलालाई १७ गते भर्ना गरिएको थियो ।गयरातीदेखी भेन्टीलेटरमा राखी उपचार गर्दा गर्दे आज बिहान ६ बजे मृत्यु भएको थियो । उनलाई ज्वरो, खोकी लागेपछि परिक्षण गर्दा कोरोना देखीएको थियो ।भने कुनै दिर्घरोग नभएको डा.थापाले बताए ।
बुटवलका ४० बर्षीय पुरुष १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दे गयराती ११ वजे मृत्यु भएको थियो । उनलाई पनि कुनै दिर्घरोग नभएको डा. थापाले बताए ।
आजका थप दुई जनासगै बुटवलको कोरोना अस्पतालमा मृत्युहुनेको संख्या ११ पुगेको छ।रुपन्देहीमा हिजो पनि ३ जनाको मृत्यु भएको थियो ।









