
उमेश बि.क. नवलपरासी ,१९ भदौ



पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नं।१ बासा बसहिमा फुड बैंक स्थापना भएको छ।
संकल्प प्रतिष्ठानको आयोजना तथा धभ बचभ ाचयm दबकब दबकबजष् को समन्वय र विभिन्न सहयोगि दाताहरूको सहयोगमा फुड बैंक उदघाटन कार्य सुभारम्भ भएको हो
संकल्प प्रतिष्ठानका अध्यक्ष शुसान्त शर्मा घिमिरेको अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको बिशिष्ट अतिथ्यतामा फुड बैंक उदघाटन कार्य सुभारम्भ भएको हो।
फुड बैंक उदघाटन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं ञ भन्ने मुल नाराका साथ संचालित फुड बैंकबाट गरिब ,असहाय , असक्त ,अनाथ बालबालिका र अपाङ्गता भएको ब्यक्तिहरुलाई सरावल गाउपालिका सधै सहयोग गर्दै आएको र प्रत्येक ब्यक्तिको सुख दुखमा साथ रहने र आवश्यक परेको बेलामा सधै सहयोग गर्ने छौ साथै संकल्प प्रतिष्ठानले यो फुड वैंक स्थापना गरेको कार्य प्रति पालिका भित्र उदाहरणिय काम गरेकोमा सरावल गाउपालिका सदैव सहयोगका लागि तयार रहने र आगामि दिनमा अझ कृयाशिल भई सामाजिक कार्यमा लाग्न सल्लाह सहित युवाहरुको साथमा पालिका रहेको अध्यक्ष चाैधरीले बताउनु भएको हो।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पौडेलले सरावल गाउपालिका भित्र रहेको स्थानीय बासिहरुको घरघरमा पुगि कोरोना महामारी कोभिड १९ को अवस्था बुझ्ने र आवश्यक परेको खण्डमा विभिन्न खाद्यान्न सामाग्री उपलब्ध गराउदै आएको र युवाहरुले यस्तो विषम परिस्थितिमा गरेको उदाहरणीय कामको प्रशंसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हो।
युवाहरुले महामारीका बखत समुदाय प्रती आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालनमा ल्याएको र विषम परिस्थिति जारी रहदा सम्म यो अभियान चलिराख्ने भन्दै सहयोग गर्न चहाने महानुभावहरुले ९८५७०२४०५८ र ९८०५४६१८५८ सम्पर्क गरि सहयोग गर्न सक्ने कुरा यसै अभियानका अगुवा शुसान्त शर्मा घिमिरेले बताए। तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ ,त्यसैले आउनुहोस हातेमालो गरौ ,सामाजिक अभियानको सारथि बनौ र दैनिकी ज्याला मजदुरी गरी घरखर्च संचालन गर्दै आएका अति गरिब ,बिपन्न ,अनाथ बालबालिका ,अपाङ्गता भएको परिवारलाई राहात स्वरुप खाद्यान्न, दाल, तेल, नुन, तरकारी, चिउरा, सोयाबिन,दुध लगाउतका सामाग्रि प्रदान गरिने घिमिरेले बताउनु भयो ।

सो कार्यक्रममा वडा न १ का वडा अध्यक्ष भेषनारायण चौधरी संकल्प प्रतिष्ठानका सल्लाहकार राजु ढकाल , समाजसेवी खिमलाल पोख्रेल,चेतनारायण चौधरी ,देवराज श्रेष्ठ , राधेश्याम चौधरी लगायतको उपस्थित रहेको थियो ।
सो फुड बैंक सरावल गाउपालिका भित्र पर्ने वडा नं।१ देखि ७ सम्म परिस्थिति सहज नहुन्जेलसम्म सञ्चालन गर्ने भनी सोका लागी बिभिन्न स्थानिय तह राजनैतिक दल, उद्योगी ब्यापारी र समाजसेविहरुबाट यस फुड वैंकमा सहयोग गर्न समेत महासचिव सन्जय मौर्यले अनुरोध गर्नुभएको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर गरिब , अनाथ बालबालिका , अशक्त परिवारले मात्र फुड बैंकमा आई सहयोग लिन समेत अनुरोध गरिएको छ । सो
फुड बैंक स्थापना संगै पहिलो दिन प्रत्क्षयरुपमा ७५ घरधुरी लाभान्वित भएका छन।









