
पाल्पा, भाद्र २१



जिल्ला अस्पताल पाल्पा शिल गरिएको छ ।आज बसेको अस्पताल विकास समितिको निणय अनुसार सेवाग्राहीकोहरुको कोरोना सँक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै अस्पताल शिल गरिएको हो । कोरोना संक्रमण महिलामा उपचारमा खटीएका स्वास्थ्य कर्मीको स्वाव सँकलन गरी पठाए पश्चात रिपोर्ट नेगेटिभ नआउदासम्को लागी अस्पतालको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरीएको हो । तानसेन ११ निवासी ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।पाल्पामा आइतबार मात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६ पुगेको छ ।









