भदौ २२, अर्घाखाँची ।
समुदाय स्तरमै कोरोना संक्रमण देखिएपछि सन्धिखर्क नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ।
सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सुचना जारी गर्दै वडामा समुदायस्तरमा कोरोना देखिएकोले वडा शिल गरिएको उल्लेख गरिएको छ ।



वडामा आवातजावतका लागी बन्द गरिएको छ । वडाको समुदायस्तरमा कोरोना पुगेपछि थप सचेत भएर वडाका बासीन्दालाई सचेत बनाएको वडा अध्यक्ष कृष्णबहादुर आचार्यले बताउँनुभयो ।
गोरुसिंगे–सन्धिखर्क सडकमा चल्ने सवारीबाहेक वडाको घुम्ती बजार क्षेत्र ७०० मिटर आसपास, नरपानी बजार पिकनिक स्पटदेखि नरपानीबजार हुँदै राताफले चोकसम्म र वडा नम्बर ७ को फुदवाङ बजारको पुर्वदहखोला देखि बहखोर–अमराई–जगतसम्मको क्षेत्र, पश्चिम खाँचीकोट सिमानासम्म, दक्षिण नेटाका पोखरा सल्लेरीसम्म क्षेत्रभित्र कुनै पनि गाडी चलाउन नपाइने नगरपालिकाद्वार जारी सूचनामा उल्लेख छ।
वडा तथा नगरपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यकीय सेवाबाहेक अन्य सेवाहरू सोमबारदेखि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
कोरोना प्रभावित गाउँबाट आएका नगरपालिकामा कार्यरत कर्मचारीहरलाई पिसिआर रिपोर्ट नआउँदासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको सापकोटाले बताए। यस्तै, सिल गरिएको क्षेत्रमा सर्वसाधरणलाई आवातजावतमा रोक लगाइएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए।










