भदौ २३,कपिलवस्तु ।
कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो अचानक बिरामी भएपछि उनलाई उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि परिवारका अन्य ८ जना सदस्यको स्वाब संकलन गरिएको थियो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी समेत रहेका थिए ।



अस्पतालमा उनको मृत्यु भएपछि ताकेता गरेर रिपोर्ट मगाउँदा रिपोर्ट पोजिटिभ रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
परिवारका अन्य सदस्यको भने रिपोर्ट आएको छैन । उनी २ दशक पहिलादेखि पत्रकारितामा क्रियाशील रहेका थिए । यो संगै कपिलबस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।









