बुटवल ।
रुपन्देहीमा मंगलबार थप १९ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा १५ पुरुष र ४ महिला गरि १९ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ । मंगलबार बुटवल उपमाहानगरपालिकामा ३ पुरुष र २ महिला गरि ५ जना संक्रमित भएका छन ।



यस्तै सिद्धार्थनगर नगरपालिकामा ३ पुरुष , सैनामैना नगरपालिकामा १ पुरुष , तिलोत्तमा नगरपालिकामा २ महिला र २ पुरुष गरि ४ जना , ओमसतिया गाउँपालिकामा १ जना , रोहिणी गाउँपालिकामा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
जिल्लामा अहिलेसम्म ६ सय ५८ निको भएका छन भने ६ सय ७६ जना संक्रिय संक्रमित रहेका छन । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।









