भाद्र २५,पाल्पा ।
पाल्पामा एकै दिन २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रम्भा गाउँपालिकाका ९ जना र तानसेन बजार क्षेत्रका १९ जना गरी २८ जना संक्रमित थपिएका हुन् । संक्रमित मध्ये ४ जना वडा अध्यक्ष र सदस्यहरू रहेका छन् ।
यस्तै तानसेन हस्पिटलहरूबाट स्वाव लिइएका ३ जना बिरामीमा पनि कोरोना देखिएको छ । उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन् ।तानसेनका सङक्रमितहरू मध्ये ९ जनाको ट्राभल हिस्ट्री छ भने बाँकी ८ जनाको ट्राभल हिस्टी छैन ।



तानसेनको वडा नं १ का २ जना, वडा नं २ को १ जना, वडा नं ६ को १ जना, वडा नं ७ को ३ जना, वडा नं ८ को २ जना, वडा नं ९ को १ जना, वडा नं १० को ४ जना, वडा नं ११ को १ जना र वडा नं १२ को २ जना सङक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।
यस्तै रम्भाको वडा न ३, ४ र ५ का पुरूषहरूमा कोरोना सङक्रमण देखिएको हो । तानसेनमा सङक्रमित हुनेहरूमा १४ पुरूष र ३ महिला रहेका छन् । हस्पिटलबाट लिएको स्वावमा कोरोना पोजेटिभ देखिनेमा एक महिला र एक पुरूष रहेका छन् । तानसेन नगरभित्र पुष्टि भएकाहरुको ट्राभल हिष्ट्री नभएकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
बुधबार बिहान तानसेन ८ मा एक जना र पूर्बखोला गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
बुधबार थपिएका २८ जनासंगै पाल्पामा संक्रमितको संख्या ६ सय ४० पुगेको छ । कोरोना संक्रमणबाट पाल्पामा दुई जनाको मृत्यु भएको थियो ।









